Thursday 20 May, 2010

गज़ल "सम्बन्ध"

आज फेरी तिम्रो मेरो नाता खोज्न लागें ||
च्यातिएको किताबको गाता खोज्न लागें ||

पर्खीदैंछु तिम्रो बाटो आशा बोकीकन,
चर्किएको मुटु जोड्ने पाता खोज्न लागें ||

श्रावणको महिनामा झरी पर्दा हामी,
दुवै जना ओताएको छाता खोज्न लागें ||

चुरा भाँची तिम्रो मेरो माया कति भन्दै,
लेखिएको हिसाबको खाता खोज्न लागें ||

आत्तिदैंछ मन मेरो उदासियो आँखा,
तिम्रो मेरो सम्बन्धको दाता खोज्न लागें ||

1 comment:

Rabindra said...

ramro gazal padhna paiyo .. dhanyabaad tatha badhai !