Sunday 31 July, 2011

गज़ल

दुख्न छोड्यो आज देखि पत्थर भएछु म
सेलाएछ जाँगर सबै मत्थर भएछु म

हरियाली थियो चर्यो जवानी पालुवामा
सुक्यो झर्यो बढारिने पत्कर भएछु म

यात्रा पुग्यो चोक सम्म छुट्टियो आज देखि
सोझो हुन खोज्दा घन चक्कर  भएछु म

आशा गर्यो मर्यो सबै आशांक एक्लो यहाँ
भन्दै हिड्छ साथ दिंदा ठक्कर भएछु म

1 comment:

Unknown said...

दुख्न छोड्यो आज देखि पत्थर भएछु म
सेलाएछ जाँगर सबै मत्थर भएछु म

मतला शेर दमदार लाग्यो ।