Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Friday, 16 October 2009

!!!! आइन तिहार मनाउनलाई !!!!

किन आउछ तिहार पनी मनै खिन्न बनाउनलाई
घरमा बल्ने दियो पनी यहाँ आउछ जलाउनलाई


माया पनी बढ़ने रैछ आफ़न्तको यतिबेला
माफ़ी माग्छु सबै संग आइन तिहार मनाउनलाई


दिदि तिम्रो हातको टिका छूटने भयो यसपाली नि
नामान्नु है दुख दिदि पाईन टिका लगाउनलाई


सयपत्री मखमलीका माला तिमीले नउन्नु है
आउने छैन तिम्रो हातको माला पनि लगाउनलाई


दौतारीलाई सुनाइदिनु आउँदैन साथी भनि
छुट्ने भएँ तिमीसंग धेउसी भैलो गाउनलाई


धेउसी रे को धुनले पनि मनै उदास बनाउछ
याद पनि किन आउँछ एक्लो आभाष दिलाउनलाई


किन आउछ तिहार पनी मनै खिन्न बनाउनलाई
घरमा बल्ने दियो पनी यहाँ आउछ जलाउनलाई