Wednesday 30 September, 2009

कनी कुथिका झटारो

हुन त समयले कसैलाई पनि पर्खदैन र मलाई किन पर्खन्थ्यो र ? त्यही समयले नापर्खेको भयर नै त होला अहिले २६ बरसात पनि पार गरिसकेको ! भन्नु होला सबै बसंत पार गरेको भन्छन यसलाई चै किन बरसात पार गरें भनेर लेख्नु परेको होला भनेर, तर यसरी तपैंले बुझिदिय बेशै हुन्थ्यो होला त्यों के भने मैले यो २६ बर्ष पार गर्दा पनि बसंती अनुभव नभेटेकोले र गाह्रो र साह्रो मात्र भेटेको ले बर्शात राखेको हूँ !
ल अब फेरी पुरानै गोरेटो तिर लागौं किन भने हामीलाई अली परै सम्म नै जानु छ त्यसैले लागों आफ्नै गोरेटो है त


म जब सानो थियं आमाले सिकायको तरबाजी लै लै मामा आए घोड़ा ............... अझै पनि बिर्सियको छैन तर हिजो एउटी तरुनीलाई जिस्क्याऊदा भोगेको सस्ती चै बिर्सी हालेको. यसको मतलब के चै हुन सक्छ त एकछिन त चकित नै भएँ, पछि चेत खुले झै गारी एउटा जुक्ति लगायर सोचें "उमेरमा तरुनिसंगको लफडा के लफडा, घरमा जोई पोइको झगडा के झगडा?" यही सोचें अणि मनलाई बुझाउने प्रयत्न गरें अहं तर यो मन त मान्दै मान्दैन के भो भनेर सोधेको त उलटो मलाई पो लाछी पानिमरुवा भनेर पो निहूँ खोज्न पो लाग्यो सोचें एउटा चुरोट पियर आउदा त मांछ होला भनेर त्यों पनि कोशिस गरें असफल महकबिले बरु कंजूस बन्ने कोशिस गरेका भय सफल हुन्त्हें होला तर मैले यो मनलाई सम्झाउने जती प्रयत्न गरेपनि सफल नहुने भयं जाबो आफ्नै मानले त मेरो कुरा सुनेंन अरुले झन क खायर मेरो कुरा सुन्छन र ?
हुन त मैले पनी किन यो मनलाई सताईराको होला बित्थामा ! मेरो आफ्नो भन्ने यही एउटा त छ नि ! यो पनी मसँग रिसायपछि को संग पो आफ्नो पीर ब्यथाको पोको फुकाउनु नि !? यही एउटा मनले ता मलाई गाह्रो साह्रो पर्दा साथ दिन्छ अणि यसैलाई मैले बेवास्ता गरें भने मलाई अप्ठेरो परेको बखत्मा मलाई साथ दिने त यो संसारमा अर्को कुनै चीज छैन ! यही सोचेर मनली फेरी सम्झाउन थालें ! तर यो मन हो की ढुंगाको मूर्ति टसको मस हुदैन त ! मलाई के आपत आईलाग्यो यो मनलाई कसरी मनाउने अनेक टरकाना गर्दा एउटा कुरा मेरो मथिंगलबाट एउटा जुक्तिको झटारो दिमागमा तिरमिरायो ! किन एकपटक तारुनिकै कुराले प्रयत्न गर्दैनस पक्कै पनीतेरो मन ले तारुनिकै कुरा को आशा गरेर बसेको छ "त पनी जस्तालाई तेस्तै आइडिया लगायर ठाऊँ को ठाऊँ लगाउदैनस !" सोचें कुरो कांठीकै हो एकचोटि यो पनी किन नहेर्ने भनेर लागु गर्ने बिचारले मनलाई ढाडस दिन थालें हेर बाबु एउटीले लफडामा फसाई त के भो त यो दुनियामा त्यों एउटी मात्र केटी त हैन नि अरु पनी त छन नि हैन र त्यसैले बाबु ता मसँग नरिसा म तेरो लगी भानेपनी एउटी राम्री मैया खोजिदिउला अनी तं पनी खुस म पनी खुस ल ल चुप लागेर बस भनेपछि मात्र अहिले म संग खुलेर बोल्न लागेको छ तर मलाई नै थाहा छैन यसकै लागी भनेर कहा की केटिलाई माया गर्ने हो तै पनी हेर्दै जाऊ मन ता खुस छ नि भेटे ठीक छ नभेटे अर्को बहाना बनाउला हैन त साथीहरु ???????????

No comments: