Tuesday 6 October, 2009

आमा

भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु
फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छू

म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा
राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा

तिमीले मलाई कतिपो दियौ तिर्न त सक्दिन
यो प्राण हून्जेल सम्मलाई मैले तिमीलाई भुल्दिन

के मात्र बांकी राख्यौ  र आमा मलाई पाल्नलाई
कतिको मेला धायनौ आमा यो पेट भर्नलाई

आफुले झुत्रो छोडीनौ आमा यो ज्यान ढाक्नलाई
कहिले पनी थाकिनौ आमा सक्दिन भुल्नलाई

अहिले पनी त्यों माया मलाई घटेको छैन नि 
यतिका माया यो मेरो मनमा अटेको छैन नि  

नसुक्ने तिम्रो मायाको कुवा मुलपानी जस्तो हो
तिमी त मेरो जिन्दगी भर कै अमूल्य बस्तु हौ

No comments: