Thursday 8 October, 2009

जुरेन दीदी तिहारको टिका यसपाली निधारमा

यसपाली पनी आएन भनी नरुनु तिहारमा
जुरेन दीदी तिहारको टिका यसपाली निधारमा

परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यों मन
मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा

साँझमा टुकी बालेर दीदी कुर्दी हौ मूलबाटो
आउनेछ भाई लगाउछु टिका भनेर निधारमा

लक्ष्मीको पूजा गरेर पनी साँझको बेलामा
भाईको रक्षा गरिदेऊ भनी माग्दिहौ बरदान

चाहना मैले नराख्या हैन यसपाली आउनलाई
सकिन मैले ल्याउन ख़ुशी तिम्रो त्यों मुहारमा

1 comment:

Anonymous said...

Submitted by आशांक on Thu, 10/08/2009 - 16:44
published at www.majheri.com