Saturday 10 October, 2009

गज़ल

यती मात्र भनिदेउ न  माया छैन तिमीसंग,
अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !!

हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें,
भनिदेऊ न  भुलिदिएँ  छैन द्वेष तिमीसंग !!

झरि पर्दा संगै रुझ्दा सुम्पिदियौ आफुलाई,
बेसरमको घुम्टो ओढी नाता तोंडे तिमीसंग !!

हातभरी खोपेको त्यों मेरो नाम नमेटेनी,
गरिदेउन माफ़ी मलाई माफ़ी माग्छु तिमीसंग !!

गाह्रो होला भुल्नलाई खाएका ति बचाकसम,
सबै बिगत बिर्सिदेऊ बिन्तिगर्छु तिमीसंग !!

No comments: