Monday 26 October, 2009

म र मेरो साहित्य यात्रा

यसो पात्रो पल्टाएको डेढ दशक पुग्न लागेछ साहित्यलाई चिनेको अझ भनौ साहित्यमा पाइला टेकेको १४ साल नाघिसकेछ ! जे कुरामा पनि निरन्तरताको अहम भूमिका हुन्छ त्यसैले पनि मेरो साहित्य यात्रा आज सम्म कनिकुथी मै सिमित छ प्रष्ट रुपले भन्नुपर्दा म मा त्यो लगनशिलता नभएर नै मेरो साहित्य आज सम्म कनिकुथिमा समेटिएको हो !

आज पनि मलाई ताजा रुपमा सम्झना छ मैले साहित्यलाई सुरु गरेको त्यो दिन सन् १९९५ जुन ४ तारिक को सांझा ८ बजेको हुँदो हो म आफ्नै घरको पुजाकोठामा गुन्द्रिमाथी आफ्नो गृहकार्य गरिरहेको थिंए झट्ट सम्झना आयो दिउसो सरले भोलि जुन ५ तारिक बातावरण दिवस हो अनि भोलि विभिन्न प्रतियोगिताहरु हुदैछ त्यसमा तिमीहरुले पनि आफ्नो सहभागिता जनाउन सक्छौ बिशेष रुपमा कविता प्रतियोगिता को लागि तिमीहरुले आज बेलुका घर गएर सिर्जना गर र भोलि बिहान प्रतियोगितामा सहभागी को नाम दर्ता गर !उमेर पनि १३/१४ को कुरकुरे अनि साथीहरुले पोस्टकार्डमा लेखेका सायरीहरु पढेको थिंए, र सोच्ने गर्दथें म पनि यस्तै यस्तै सायरी लेख्न सक्छु तर त्यो उदघाटन भै सकेको थिएन ! दिउसो सरले भनेको कुरा सम्झने बित्तिकै सोचें म पनि एउटा कविता लेख्छु अनि कविता प्रतियोगितामा सहभागी हुन्छु !सुरु गरें लेख्नलाई .............हे दाजुभाई हे दिदि बैनी बनाऔं जीवन हे पापी दैव के दिईस यस्तो दुखको मिलन सबै त मलाई पनि याद छैन किनकि त्यो बेलामा एउटा गृहकार्यको कापीमा लेखेको त्यो कविता अहिले मेरो संरक्षण भन्दा बाहिर छ र मेरो सम्झने शक्तिले यिनै दुइ हरफ मात्र सम्झेको छ कविता लगभग दस हरफ जतिको हुदो हो अब पूर्ण भयो भन्ने लागेपछि कसलाई सुनाउँ कसलाई सुनाउँ लग्यो यसो खाट तिर हेरेको बुवा सुत्ने तरखरमा हुनु हुँदो रहेछ झट्ट बुवालाई भनिहालें "बुवा भोलि हाम्रो स्कूलमा कविता प्रतियोगिता छ मैले पनि भाग लिने विचारले एउटा कविता लेखेको छु कस्तो छ पढेर भनिदिनु न " बुवाले पढ्न अल्छी मान्दै भन्नु भयो तै पढेर सुन्न कस्तो रहेछ अनि भनौला अनि मैले कविता पढेर सुनाएँ, बुवाले भन्नु भयो "कविता चै तैंले मज्जाकै लेखिछ्स राम्रो छ तेरो कविताले प्रतियोगिता जित्छ " अनि त मेरो खुट्टाले भुईं छोड्न लग्यो खुसीको सिमै रहेन र गदगद हुदै सुतें !भोलि पल्ट बिहानै स्कूल गएर आफ्नो नाम पनि दर्ता गरें कविता प्रतियोगिताको लागि साथी हरुले वाद विवादमा पनि मेरो नाम दर्ता गरेका रहेछन तर मलाई भने कविता सुनाउने हतार थियो पहिला कविता प्रतियोगिता सुरु भयो सरहरू निर्णायक मण्डलमा हुनु हुनहुन्थ्यो सबैले आ-आफ्ना कविता सुनाए अब मेरो पालो आयो म स्टेजमा जादै थिएँ एकजना सरले भन्नु भयो ' ल जिरे तैले पनि कविता ल्याएको छस ? सुना न त कस्तो रहेछ' मन ढुक्क फुल्यो तै पनि हिम्मत गरेर स्टेजमा पुगें र भट्याउन लागें आफ्नो कविता
हे दाजुभाई हे दिदि बैनी बनाऔं जीवन
हे पापी दैव के दिईस यस्तो दुखको मिलन .....................................................................................!
कविता सकियो, सबैले ताली बजाए म रातो पिरो हुदै दर्शकदीर्घामा गएर लुकें साथीहरु कोइ ओहो कवि जी के छ भन्छन कोहि ल ल तँ पनि कवि भैछस भन्छन तै पनि रातो मुख लगाएर बसी रहें कुनामा, मलाई त नाजिताको पर्खाई थियो, त्यसैले पनि साथीहरुका घोच पेचलाई सहेरै बसें, केहि क्षण पछी नतिजा पनि !आयो मेरै कविता प्रथम ,भएछ खुसीले आकाशामाथी पुगें जस्तो लाग्यो ! पुरस्कारको पनि व्यवस्था रहेछ पुरस्कार पनि थुप्रो पाइयोकापी दुइ दर्जन बलपेन दुइ दर्जन अनि कलर पेन्सिल यस्तै यस्तै थुप्रो पुरस्कार हात पारेंको थिएँ !अनि त्यो दिनको पुरस्कार म र मेरो दाई मिलेर घर पुर्याएका थियौं ! मैले भागलिएको समुहले वादविवाद प्रतियोगिता पनि जितेको थियो त्यस बाट पनि पुरस्कार आएको थियो त्यसैले मलाई मात्र बोक्न गाह्रो भएर दाजुभाई मिलेर घरसम्म पुर्याएका थियौं ! त्यस दिनबाट मैले साहित्यको लागि भनेर कलम निचोर्न लागेको हुँ ! त्यस पछिका दिन मेरा सामान्य रुपमै बित्न लागे कहिले काँही मन फुर्दा कविता लेखें झन्नै कविता मात्र नै लेखें कविताले नै शायद मलाई हौसला दिएको थियो होला अनि कविताले नै त मैले साहित्यको सुरुवात गरेको थिंए ! र आज पनि म कविता नै लेख्न मन पराउछु त्यो पनि लयात्मक शैलीको ! त्यस पछिका दिनमा न स्कूलमा कुनै प्रतियोगिता भए न मैले कविता सुनाउन पाएँ बस लेखें र कापीको गाताले छोपिदिएँ ! मेरो कविता यात्रा त्यतिबेला तेत्तिमै सिमित भयो !यस्तै यस्तै गर्दा गर्दै मेरो स्कूलका दिन पनि सकिए एस एल सी पास गरेर म पनि झोला झुम्टा बोकेर राजधानी छिरें उच्च शिक्षा हासिल गर्न ! राजधानीको त्यो ब्यस्त जीवनले कवितालाई मात्र हैन झन्नै म आफैलाई पनि बिर्साइदिएको थियो !तर पनि म आफुलाई चैं कहिले सम्झिने कहिले बिर्सने गरेर भने पनि बचाई राखें तर कविता चैं भुसुक्कै नै बिर्सिएको थिंए !एकदिन बिहान कान्तिपुर एफ एम को बिहानी कार्यक्रम 'सुप्रभात' सुनिरहेको थिंए सविनाले कार्यक्रम प्रतुत गरिरहेकी थिईन! 'बालापन' शिर्षक दिएर श्रोताहरुलाई कविता लेख्न प्रोत्साहन दिईरहेकी थिईन ! मैले पनि एउटा कविता लेखें अनि फोन गर्न लागें,सबैलाई थाहै छ एफ एम मा फोन लगाउन कत्तिको गार्हो हुन्छ भने कसो कसो लाग्यो र सुनाएँ अन एयरमा आफ्नो कविता ! कार्यक्रमको अन्त्यमा बिजेता घोषणा हुने थियो, तर मेरो जागीर ८ बजे देखि नै सुरु हुने भएकाले जागीर तिर लागें भोलि पल्ट क्याम्पसमा साथीले भन्दा पो थाहा पाएँ मेरै कविता प्रथम भएको रहेछ, अनि पुरस्कारको लागि कान्तिपुर एफ एम मा सम्पर्क गर्न जानकारी गरिएको रहेछ तर आफ्नो भने समय नमिल्ने ! बिहान ८ बजे बाट सुरु भएको जागीर बेलुकी ६ नबजी सकिदैन थियो बल्ल बल्ल समय मिलाएर गएँ मलाई त एक कार्टुन आहा चाऊ चाऊ पुरस्कार छुट्याएको रहेछ लिएर आएँ खुशी लाग्यो, तर त्यो खुशी बाड्ने साथी मात्र एउटा दाई थियो त्यो पनि काम मै ब्यस्त हुन्थ्यो, उसको जागिर राति पर्थ्यो मेरो दिउसो भेट घाट नै हुन्नथ्यो शनिवार नभई बल्ल बल्ल भेट भए पनि उसको फुर्सद हुदा मेरो हुन्नथ्यो मरो फुर्सद हुदा उसको हुन्नथ्यो ! धेरै पछी दाईलाई भने र दाइलाई चाऊ चाऊ देखाएँ बधाई पाएँ ! त्यस पछिका दिनमा मेरो कविताले खासै स्थान पाएका छैनन् लेख्न पनि बिर्सिएको जस्तै भएको छ ! कहिले के को टन्टा कहिले के को टन्टा, पूर्ण रुपले समय जागिर मै ब्यस्त भएपछी रुची, ईच्छा, आकांक्षा सबै थाती नै बस्दा रहेछन ! मेरो पनि त्यस्तै भयो सबै थाती नै थिए ! आजकल पनि जागिर चैं गर्दै छु तर जागिर पछिको समय बिताउन सहित्यलाई रोजेको छु र अब चाँही साहित्यलाई निरन्तरता दिने सोचाई राखेको छु कमसेकम यो कनिकुथी को शब्द बाट प्रगति गर्ने सोच छ हेरौ भविष्यले के गर्छ ?
...............................................!!!!!!!!!!!!!!!!!!!!!!

No comments: