Saturday 26 December, 2009

गज़ल

मन मिल्यो तिम्रोमेरो अचम्म भो
पिरतीको सेरो'फेरो अचम्म भो

फिक्का थिए जीवनका भित्ताहरु
पोत्न तम्सियौ क'मेरो अचम्म भो

सुक्दा सुक्दै खडेरीमा आशा कुवा
बग्यो मायाको पधेरो अचम्म भो

अन्यौलको निष्पट्टता भित्र पनि
चम्कियो मन अधेरो अचम्म भो

काकाकुल जसै गरि रुदै थियो
आशांक बन्यो भंगेरो अचम्म भो