Tuesday 26 January, 2010

गज़ल

के भयो आज हेर आकाशै खसे जस्तो
नियति दु:ख बोकी ढोकैमा बसे जस्तो

सकिन भुल्नलाई सम्झना बढी रह्यो
यादका सर्पआइ मुटुमा डसे जस्तो

पिरती साँची बसें जीवन बन्छ भनि
भोग्दैछु कस्तो भाग्य डोरीले कसे जस्तो

खुसीका आशा बोकी नियालें तिम्रो मन
उर्लिदै आयो आँशु भेल नै पसे जस्तो

खोजेथें तिमिलाइ आफु नै हराएछु
लाग्दैछ जिन्दगी यो खरानी घसे जस्तो

1 comment:

nanu said...

aha!!! kati mitho salalala bageko gazal.