Monday 1 March, 2010

गज़ल

सम्झौता हो कि जीवन लेखेर होला कि ?
तमासा हो कि जीवन देखेर होला कि ?

नपुग्ने रैछ रहर संसारै भेटे नि,
प्रहार हो कि जीवन छेकेर होला कि ?

बाध्यता मात्रै आउँदा लाचार हुन्छु म
आधार हो कि जीवन टेकेर होला कि ?

ब्रम्हाण्ड भरि प्रकाश छर्दैछ रवी यो
अँध्यारो हो कि जीवन मेटेर होला कि ?

बेदना बन्दै सागर भरिन्छ मुटुमा
आनन्द हो कि जीवन भेटेर होला कि ?

No comments: