Friday 9 October, 2009

ग़ज़ल

नप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज !
हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !!

सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो,
किन अनी कसको नामले यस्तो उदास  भएँ आज !!

नजांनिदो  अनी कस्तो नमिलेको पीडा भयो,
यस्तो लाग्छ पैलो पटक आफ्नै नाम भूलें आज !!

न कसैलाई माया गरें न कसैको भाको थिएँ,
तर पनी आफैं संग किन टाढा गएँ आज !!

आजबाट जिंदगी यो जिउने आशा मरिसक्यो,
आफैं संग आफैंले नै राजीनामा दिंए आज !!

1 comment:

Anonymous said...

published at majheri.com on Sat, 10/10/2009 - 00:05