Thursday 15 October, 2009

साली

दीदी तिम्री साह्रै राम्री तिमी रैछौ काली !
तिम्रै दिदि मन पर्यो बन मेरो साली !!

हसिंलो त्यों मुहार राम्रो भयो मन कटक्क !
मनाइदेउ न तिम्री दिदि रिस राग फाली !!

माया गर्छु उनलाई मैले सातै जुनी सम्म !
बनाउने छू रानी उनलाई तिमी बन साली !!

भुल्न मलाई गाह्रो भयो के गर्नु त मैले !
दिदि तिम्री फुल हुन्छिन बन्छु म त माली !!

कस्तो भयो तिम्रो मेरो चिना जाना काली !
तिम्रै दिदि  मन पर्यो  नरिसाउन काली !!

No comments: