Thursday 15 October, 2009

मेरो देश

मैले माया मारेको छू !
मेरो देशलाई,
मेरो धर्तिलाई.
अनी मेरो आकाशलाई !
किनकी
मेरो देशले मलाई चिनेन
मेरो धर्तिले मलाई थेगेन
अनी मेरो आकाशले मलाई छोपेन
त्यसैले त मैले माया मारें
मेरो देश, धर्ती र आकाशलाई ..........

हो सच्चैं मैले माया मारे !
ति गिद्दका झुण्डलाई
त्यों रगतको कुण्डलाई
अनी बरुद्का गन्धलाई

किनकी  मेरो देश  गिद्द संग पल्किएको  छ
मेरो धर्ती  रगतसंग मुछिएको छ
अनी मेरो आकाश बरुद्को गंधमा मिसिएको छ
अनी त मेरो देशलाई
गिद्द, सैतानको मुहाली  चाहिन्छ
मानव रगतको बलि चाहिन्छ
तोप र  बन्दुकको नली चाहिन्छ

तर के गर्नु मेरो दुर्भाग्य !
किनकी मलाई,
गिद्द र सैतानको नजिक जानै हुन्न
रगत हेर्ने हुन्न
अनी बरुद्को गंध सुंघनै हुन्न

तर अफसोच,
अहिले मेरो देशको परिचय नै
गिद्दमा समाहित भएको छ
मेरो धर्ती रक्त कुण्डमा बिस्तारित भएको छ
र मेरो आकाश बरुद्को गंधमा संकुचित भएको छ
र  त मैले माया मारें
मेरो देश
मेरो धर्ती
अनी मेरो आकाश...........

यद्दपी
म टाडैबाट भए पनी
माया गर्छु,
मेरो देश लाई
मेरो धर्तिलाई
अनी मेरो आकाशलाई..................!

किनकी
मेरो आफ्नो भन्नु नै
त्यै एउटा  देश हो
त्यै धर्ती हो
अनी
त्यै आकाश हो........... !

म त्यै देशमा जन्मिएँ
त्यै धर्तिमा हुर्किएँ
अनी त्यै आकाशमा फैलिएँ

त्यसैले त मलाई  चिंता लाग्छ!
मेरो देश, धर्ती अनी आकाशको!
गिद्दले कती लुछे हुन

रगतका भेलले कती रंगिए हुन
अनी बरुदले कती पिल्सिए  हुन
मेरो देश
मेरो धर्ति
अनी मेरो आकाश

मलाई प्रतीक्षा   छ
मेरो देश नेपाल भएको हेर्ने
मेरो धर्ती सागरमाथा भएको हेर्ने
अनी मेरो आकाशमा सुनौलो बिहानी छाएको हेर्ने ...............!!!!!!!!!!!!

No comments: