Monday 19 October, 2009

मित्रता

आज तिम्ले मेटी दियौ  मित्रताका नाताहरू
छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु  

भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो
यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु

यस्तो ठानें मैले अब चुकाउन्न मुल्यहरू
राखेको त पत्तै पाइन उधारा ति खाताहरू

च्यातिनु  नै जिन्दगीको नियतिलाई नजानेर
अन्जानैमा  टासें कती कमसल ति गाताहरू

अभीष्टको कुनै पनी शंका पनी नदिएर
तोडी गयौ तिम्रा मेरा जोडिएका पाताहरू

आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू
छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु

No comments: