Sunday 25 October, 2009

ग़ज़ल

हिड्दा हिड्दै माया बस्यो थाहै भएन
सुटुक्क नै यो मन उड्यो थाहै भएन

तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो
कहिले हाम्रो आँखा जुध्यो थाहै भएन

कताकति कहिले काँही हेराहेर त भाथ्यो
यती चाडै मुटु सट्यो थाहै भएन

मैले हेर्दा लजाउदै आखा झुकाउथ्यौ
त्यै बानी नै राम्रो लाग्यो थाहै भएन

पहिलो पटक माया पोखें भिज्यो मझेरी
मझेरी मै प्रिती साट्यौं थाहै भएन

संगै घुम्यौ खोला नाला पुग्यौं देउराली
देविथानको कसम खायौं थाहै भएन

मिल्ने भए रोकिदिन्थें समयलाई त्यति खेरै
पत्तै नपाई यौवन कट्यो थाहै भएन

No comments: