Tuesday 3 November, 2009

बिहे गर्ने !!





लौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !!
यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !!

आमा संग दुख पोखें तेरै बाउलाई भन भनिन,
चाहिने समान तुल्याएर जुटीसक्यो, बिहे गर्ने !!

पढाएको जति मैले पढिसकें पुग्यो अब,
पढ्दा पढ्दै जिउ मेरो सुकिसक्यो, बिहे गर्ने !!

जागिर खाई बेहे गर्ने सपना नै तुह्यी सक्यो,
शरीर पनि चौथाई त झुकिसक्यो, बिहे गर्ने !!

अब पनि नगरे त बुढो केटा भन्छन होला,
अलि अलि बैंश पनि लुकिसक्यो, बिहे गर्ने !!

No comments: