Wednesday 4 November, 2009

गाह्रो हुन्छ !!!


आशांक उपाध्याय
नेपाल

छचल्किएको बैंशलाई जोगाईराख्न गाह्रो हुन्छ
तिम्रो मेरो सम्बन्धलाई बचाईराख्न गाह्रो हुन्छ


कति बाधा व्यवधानलाई गुजारेर आएका छौं
भविष्यमा अझै बाधा हटाईराख्न गाह्रो हुन्छ

पहिलो भेट मै भनेको थें माया प्रिती सरल छैन
जिन्दगीमा धेरै कुरा बुझाईराख्न गाह्रो हुन्छ

भुल गर्न हामीलाई जति सरल लागेपनि
भूलहरू सुधारेर हिडाईराख्न गाह्रो हुन्छ

तिम्रो बैंश फक्रेको छ लाल गुलाव फक्रे सरि
गुलाव प्रेमी यात्रीबाट लुकाईराख्न गाह्रो हुन्छ


फुल्यो बैंश लायौं प्रिती आउने दिन सोचिएन
अहिले बुझें माया प्रिती टिकाईराख्न गाह्रो हुन्छ

No comments: