Monday 9 November, 2009

गज़ल

आज छिर्छु, पिलाउने भट्टी तिर
मनको द्वन्द मिलाउने भट्टी तिर

चिरा परि फाट्यो मन जता ततै
फाटेको मन सिलाउने भट्टी तिर

जड सरि भयो क्यार चंचल मन
घुट् मै संसार हिलाउने भट्टी तिर

निंद पनि बैरी झैँ भए जस्तो
मिठो निंद दिलाउने भट्टी तिर

आफैंलाई आफ्नो बोझ लागेजस्तो
अस्तित्व नै बिलाउने भट्टी तिर

No comments: