Friday 6 November, 2009

किन ?



आशांक उपाध्याय
नेपाल


धेरै लामो अन्तरालमा, सपनीमा आयौ किन ?
सपनी मै मेरो मनमा, ढकमक्क छायौ किन ?

बिगतलाई भुल्दै थिएँ तिम्रो तस्विर मेट्दै थिएँ,
अनि फेरी सपनी मै, अर्को कसम खायौ किन ?

मस्तिष्कले मलाई भन्छ तिमीलाई भुल्नै पर्छ,
भुल्दै थिएँ, सपनीमा अर्को गीत गायौ किन ?

गएकी थ्यौ मलाई अनि मेरो संसार लत्याएर,
यति पछी सपनी मै, मेरो बाटो धायौ किन ?

भुलें मैले एउटा कुरा सोध्नलाई सपनी मै,
अधकल्चो छोड्नलाई, माया प्रिती लायौ किन ?

No comments: