Friday 13 November, 2009

गज़ल

भिजेका ति परेलीलाई ओभाउन आउदैछु
संकटग्रस्त तिम्रो यौबन जोगाउन आउदैछु

सुनेको छु साँध पनि सधियार्ले मिच्दै छन् रे
बांगीएको सिमानालाई सोझ्याउन आउदैछु

मलाई पनि यहाँ एक्लै निको कहाँ लागेको छ
कति खन्छ्यौ कान्लेबारी सघाउन आउदैछु

मध्य बैंश उराठ दिन काट्न कति गाह्रो होला
तिम्रै नयन भित्र डुबी रोगाउन आउदैछु

धेरै काट्यौ रातहरु प्रतिक्षामा भोकाएर
कामदेवको सारा खुशी भोगाउन आउदैछु

No comments: