Sunday 15 November, 2009

गज़ल

मुटु भरि बेदनाले खाली ठाउँ राखेनछ
सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ

भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे
ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ

धान फल्ने गैह्रीखेत खहरेको बगर भयो
जता ततै कोलाहलले फेरी आउँ राखेनछ

हराभरा पाखाभित्ता नाशो छोडी गएको थें
चिचिलैमा सबै झर्यो केहि खाउँ राखेनछ

नपत्याउदो परिवर्तन मेरो जन्म भुमि माथि
सबै कुरा संगै हजुर मेरो नाउँ राखेनछ

No comments: