Friday 20 November, 2009

गज़ल

अनायासै आज दिक्क लाग्यो मलाई किन ?
रंगीन छ मौसम फिक्का लाग्यो मलाई किन ?

भन्ने आँट गरिएन माया आफै भित्र सिमित
उनको डोली उठेपछि हिक्क लाग्यो मलाई किन ?

न त पाउने सम्भावना न त औकात बोकेकै थें
फेरी पनि हाम्रो नाता ठिक्क लाग्यो मलाई किन ?

नपाउने चिज मात्रै ठुलो लाग्ने जिन्दगीमा
अध्यारो यो छिंडी भित्र सिंक्क लाग्यो मलाई किन ?

बिते पछी समयले घोच्दो रैछ मुटु भित्र
त्यति कोमल मुटु पनि ढिक्का लाग्यो मलाई किन ?

No comments: