Wednesday 18 November, 2009

गज़ल

एकान्तमा टोह्लाएर बस्नु हुदैन
एक्लै हुदैमा खरानी घस्नु हुदैन

कहिले कसैले झुक्याउन खोज्लान
अपरिचितको जालमा फस्नु हुदैन

भनिदेलान माया धेरै गर्छु भनि
अप्ठ्यारो भासमा पस्नु हुदैन

कति बन्धन खुकुलै राखे बेश
नबुझी जिन्दगीलाई कस्नु हुदैन

नराम्रो पनि राम्रै लाग्छ त्यो बेला
झरे पछि बुझिन्छ, खस्नु हुदैन

No comments: