Saturday 21 November, 2009

गज़ल

बिरह मै गाई दिन्छु गीतहरु रोइ रोइ
बेदनाले भरिएका प्रितहरु रोइ रोइ

चारै तिर अन्धकार छ जुनेली रातमा पनि
बिलौना मै झर्न लागे शितहरु रोइ रोइ

पराजय गरे पनि दाजु भाइको लाश ढल्यो
विजयोत्सव मनाउदैछन् जितहरु रोइ रोइ

आफ्नोपनको आडभरोस नरहे नि आपसमा
होसो ठट्टा गर्दै हिड्छन मितहरु रोइ रोइ

सबै कुरा उल्टो गर्ने नयाँ नयाँ लहड्लाई
ताली पिट्दै स्वागत गर्छन रितहरु रोइ रोइ

2 comments:

Baldev Bhatta said...

अशांक जी अति नै मर्मस्पर्शी गज़ल हरु को निम्ति धन्यबाद छ! मन लाइ छोयो मेरो त यी लाइन हरु ले!

आशांक उपाध्याय said...

धन्यवाद बिहानी सर हजुरको मायाले बेरिएको यो प्रोत्साहनको लागि