Monday 23 November, 2009

गज़ल


बगैंचामा फूल थरीथरी
जीन्दगीका भूल थरीथरी

हर्ष, विस्मात अर्थ्याउने
आँशु उस्तै मूल थरीथरी

सबको ध्येय पारि पुग्ने
तर्नु पर्ने पुल थरीथरी

खबर खाबर मिल्दा जुल्दा
सुनाउने बिगुल थरीथरी

पीर व्यथा समान लाग्छन
मुटु रोप्ने त्रिशुल थरीथरी

No comments: