Wednesday 25 November, 2009

गज़ल

पुष्पवेली नझुकेको देखियो कि कता कति
रवी पुगे कवि छुटे लेखियो कि कता कति


कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ
वेद अनि पुराणहरु मेटियो कि कता कति


गीता कुरान बाइबल सत्मार्गका कथा छाडी
शकुनीको पासा शैली भेटियो कि कता कति


रामायणमा पढेको थें विभिषण सत्यपक्षी
मेघदुतको खुंडा आइ रेटियो कि कता कति


धर्ति पनि नशिंदैछ विज्ञानले भन्यो अरे !
धर्मसत्य भाग्न लाग्यो, लखेटियो कि कता कति

No comments: