Friday 27 November, 2009

गज़ल

शुन्य भएँ जबदेखि संघार छोडी गयौ
तर्दा तर्दै बीचैबाट जंघार छोडी गयौ

बलिरहें तिम्रै लागि रापहरु ओकलेर
सम्पूर्णतः सकिएछु अंगार छोडी गयौ

गीत ठानी सङ्गीतले सजाएथें चोट भरि
धुन सबै कुम्ल्याएर, झंकार छोडी गयौ

दिएकै थें खुशीहरु मुस्कुराउने ओठलाई
पिडा व्यथा बेदनाका प्रकार छोडी गयौ

सम्झौतामा के के थिए केलाएर खोजिरहें
तिम्रो लागि घाटा हुने व्यापार छोडी गयौ

No comments: