Tuesday 1 December 2009

गज़ल

नचाहेको हुदै हैन नपाएर दुखि भएँ
बैगुनिका बाचाहरु बचाएर दुखि भएँ

निष्ठुरीको आदेशमा चलिरहे एकोहोरो
बेताल मै आफैंलाई नचाएर दुखि भएँ

जरुवाको प्रतिबिन्व आँखा भयो जिन्दगीमा
पाएका ति खुसिहरु पंछाएर दुखि भएँ

रोग पनि ठुलै लाग्यो माया भन्ने नाम रैछ
गर्नु भुल गरें मैले जंचाएर दुखि भएँ

काल धेरै बिते पछि दुख्यो मुटु 'आशांक' को
सम्झनाको आंधी हुरी मचाएर दुखि भएँ

No comments: