Thursday 3 December, 2009

गज़ल

अँधेरीमा याद आयो, पुर्णिमाको जून भूलें
मेरै लागि कुँदिएको, छापावाल सुन भूलें

चाहेकी थ्यौ संगै संगै, सहयात्रा गर्नलाई
मिठो मानें अलिनु नै, जीवनको नुन भूलें

उधारो मै राखी दिएँ, प्रस्तावको खामलाई
हात काटी पत्र लेख्न, बहाएको खुन भूलें

फिक्का थिए रहरहरु, रङ्ग पनि उडे जस्तो
मन पोत्न तम्सिएर, आएका ति चुन भूलें

आफैले नै आफैंलाई, धिक्कार्दैछ 'आशांक' ले
वरिपरी घुमी हिड्ने, माहुरीको भुन-भुन भूलें

No comments: