Monday 7 December, 2009

गज़ल

नदेखिने नियति बिनासित्ती
नाटकीय पिरती बिनासित्ती

बेमौसम मै बाढी पहिरोको
उपहार प्रकृति बिनासित्ती

नहुनुको बेदना नबुझेर
थन्क्याउने सम्पत्ती बिनासित्ती

जान्नेबुझ्ने भएर नजाने झैँ
देखाएको बिमति बिनासित्ती

अज्ञानको भण्डार बोकिहिड़ने
मस्तिष्कको प्रवृति बिनासित्ती

दुखेको मुटु फकाई फकाई
बाँचेको जिन्दगी बिनासित्ती

व्यथा दिने मानवको जमात
जोगाउने धरती बिनासित्ती

No comments: