Friday 4 December, 2009

गज़ल

फिस्स हाँस्दा दन्त लहर देखाई
दिल चोर्यौ बैंश शहर देखाई

बनिबुतो जिन्दगीको के भर र
लोभ्याएछौ प्रेम नगर देखाई

अपर्झट आशापूर्ण दियो बल्यो
लाठ्याएछौ काम प्रहर देखाई

नखुलेको दैलो बर्षौ भईसक्यो
घच्घच्यायौ पस्ने रहर देखाई

स्वीकार्दैछु त्यो तन मन बुझेर
आयौ साथ लाग्ने ठहर देखाई

No comments: