Monday 4 January, 2010

गज़ल

आधा छोडेर अब तिमी पूरा भएर बाँच
बोधो तिखारीकन फेरि छुरा भएर बाँच

खुइलिएको सिउँदोको अर्थ फेरेर अब
छन्छनाउने रंगीचंगी चुरा भएर बाँच

दु:खी बनेर आएपछि पीडा मिल्नेछ जान
मन परेका मीठामीठा कुरा भएर बाँच

आशा त्यागेर हेरे कतै शान्ति हुदैन मन
डर मेटेर साँच्चै अब शूरा भएर बाँच

जाने छोडेर गएपछि हुन्न रोएर पनि
सारा संसार जित्ने ति पाखुरा भएर बाँच

No comments: