Monday 4 January, 2010

गज़ल

एक्लै उड्ने मौरी थिएँ तिमि पाएँ घार भयो
अँध्यारो यो भगाउने बिजुलीको तार भयो

दिक्क भइ भौतारिंदै ठक्करका चोट खाँदा
सुकोमल अंगालोले बेर्छु भन्यौ प्यार भयो

जन्म एक, पाठ दुइ, यौवनले तीन मात्र
जीवनको साथी भेटें मेरो पनि चार भयो

भविष्यका थुंगाहरु उने पनि अधुरै थे
गुलावको फुर्को मिल्यो अब पूर्ण हार भयो

हिजोअस्ति एक्लै थिएँ आज कोहि आफ्नो बन्यो
अल्लारे यो आशांकको बल्ल घरवार भयो