Tuesday 5 January, 2010

गज़ल

मेरो माया पाएँ भनि खोकी हिन्छ्यौ रे
तस्विरमा हेरी ओठ टोकी हिन्छ्यौ रे

आफ्नो नाम जोडी मेरो पर्चा छपाई
चोक चोक टास्छु भनि बोकी हिन्छ्यौ रे

चिना जान केहि छैन हाम्रो बिचमा
प्रेम पत्र पाएँ भनि घोकी हिन्छ्यौ रे

पत्तै छैन तिम्रो रुप अझै मलाई
बिहे गर्ने मिति पनि तोकि हिन्छ्यौ रे


आशांकको जीवनमा ठाउं नपाए
मरि दिन्छु भन्दै तालु ठोकी हिन्छ्यौ रे

No comments: