Saturday 9 January, 2010

गज़ल

परदेशी माटो बिरानो ठाउँ
सम्झना आयो पुरानो गाउँ

भुलेको छैन पाखा र भित्ता
लाग्दैछ यस्तो उडेर जाउँ

कमाई गर्न घरखर्च टार्न
बचेरा उड्यो छाडेर माउँ

बन्दकी खेत साहुको ऋण
निखारी तिर्न ब्याज र साउँ

भुलेको छैन साथी र संगी
फर्कन्छु पुरी मनको घाउ

No comments: