Tuesday 26 January, 2010

गज़ल

हाँसेको दिन तिमि औंशी नि खुल्छ होला
बोले त दिल खोलि काँडा नि फुल्छ होला

इशारा कत्ति गरें नदेखे जस्तो ग-यौ
बुझे त मेरो मन ढुंगा नि घुल्छ होला

आवाज दिएकैथें सुनेनौ के पो गरौँ
बोलाए माया भनि संसारै झुल्छ होला

यो जुनी भरि तिमि बसेछौ मुटु भित्र
मेरै हो जस्तो गरे चौतारी डुल्छ होला

आशाका लाली छरे मनको मझेरीमा
पुर्नेमा खुल्ने जुन झुल्किन भुल्छ होला

1 comment:

aashu said...

utkrista gazal , ashank jii hajur ko gazal haru sabai salalala bageko hunchan kati mitha mitha bhab haru sametnu hunchha gazalkar ashank ji hajur ko blog ma pasna pauda khushi lagyo.