Sunday 24 January, 2010

गज़ल

भनेपछी सबैकुरा लुक्नु हुदैन |
आयो'मौका टिपी'हाल चुक्नु हुदैन |

हिड्दा'हिड्दै दोबाटोमा भयो चिन्जान
सम्बन्धको आशादियो फुक्नु हुदैन |

आफ्नो'माने हुन्छ प्यारो, हुन्न बिरानो !
थुक्थुकीको थुक ठानी थुक्नु हुदैन |

चाहनाका लालु पाते फुल्यो मनमा
भरोशाका मूल पनि सुक्नु हुदैन |

डराएर माया प्रिती कहाँ हुन्छ र ?
ठाडो पार शिर आफ्नो झुक्नु हुदैन |

आजभोलि भन्दाभन्दै बित्ने जीवन
सँगैसँगै हिडौं अब रुक्नु हुदैन |

No comments: