Friday 22 January, 2010

गज़ल दोहोरी

आशांक: - चस्स दुख्यो मेरो मन कर्के नजर लगाउँदा
आँशु : - मुटु चल्नै छोड्यो झन् तिम्रो मुहार चिहाउँदा

आशांक: - नबुझेर टाढा ठानें आफ्नै नयन झुट्टा भए
च्यूँडो मुनि हात राखी हेर्दै मलाई टोलाउँदा

आँशु : - देखे पछी पनि किन ? ठानी पराइ, तर्किएको
खुसि लाग्छ जस्तो लाग्यो, मेरो यौवन जलाउँदा

आशांक: - नजानेरै नाजिकिएँ त्यतै हराउँ जस्तोलाग्यो
गुलावी ति ओठभरि मन्द मुस्कान सजाउँदा

आँशु : - उकुस मुकुस भएँ अनि नजिक आउँलाग्यो
भुतुक्क नै भएँ म त आँखा सन्काई बोलाउँदा

आँशु : - बगी जाने 'आँशु' म त, मोती बनाइ सजाउनु
आशांक: - वाचा भयो 'आशांक'को, सधैं कसम निभाउँला

1 comment:

देशभक्त नेपाली said...

Naya parako yasto ta maile pahilo patak matrai padheko hai. Ramro chha.