Friday 22 January, 2010

गज़ल

बन्दैछ, पिरती यो धनको गज़ल
लेख्दैन, मसी कालो जनको गज़ल

फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई
झम्टिन्छ, फर्की फर्की तनको गज़ल

सुन्दैन, कोहि यहाँ अरुको दु:खाई
देखिन्न, रंगी चंगी वनको गज़ल

भर्दैछ, रक्त कुण्ड बढेर लडाई
जानिन, रच्न आफ्नो'पनको गज़ल

गन्दैछु, रोइ रोइ दिन यो बिताई
सक्दिन, लेख्न भित्रि मनको गज़ल

No comments: