Friday 22 January, 2010

गज़ल

बन्दुकको नालभित्र लुकेको जीवन !
चैतमासे खहरे झैं सुकेको जीवन !!

अधुरा यी आशा पूरा नहुँदा कहिल्यै,
घोत्लिएर भुई तिर झुकेको जीवन !

अभावका घोचपेच थेगेर थिल्थिलो,
सुखदका सम्भावना चुकेको जीवन !

अन्धकार रात पनि ढल्दैन रोएर,
त्रासरुपी कुकुरले भुकेको जीवन !

तुइनको तार टुटी विवश भएर,
हार मानी खोलावारी रुकेको जीवन !

अशान्तिका वेदनाले विक्षिप्त भएर ,
शान्ति काम्रो बाध्न भनि फुकेको जीवन !

No comments: