Friday 22 January, 2010

गज़ल

जिन्दगीको बलेसीमा फुली बस्न गाह्रो होला
माया प्रिती गोड्दै गर्नु नत्र पछि साह्रो होला

समाजले सहन्न कि तिम्रो मेरो सम्बन्ध यो
कुरो काटी हिड्नेलाई हाम्रो नाता तारो होला

पचाउनु सबै कुरा जो जसले जे भने नि
परेलीको बाँध कस्नु आँखा ढुंगे धारो होला

सबै व्यथा देखाउंदा आफ्ना कुरा दुहुनेको
मिठा मिठा बातहरु, पासो थाप्ने चारो होला

संझिएर बस्नु वाचा नाना भाँती कुरा सुन्दा
भरोसाको मुर्दा बोक्ने शंका, बाँसे घारो होला

No comments: