Friday 22 January, 2010

गज़ल

सागरको छेउमा छु खोली किन याद आयो ?
मन भरि मायालुको बोली किन याद आयो ?

खुल्दै गए, छोटाछोटा लुगासंगै युवती यी !
तिम्रो तन ढाक्ने, गुन्यूचोली किन याद आयो ?

संचारको संसार यो कहिँ, कोही टाढा छैन |
चिठ्ठी बाँड्ने हुलाकीको झोली किन याद आयो ?

न त नाता जोड्न बेर, न त तोड्न बेर यहाँ !
शनै ट्याम्को दमाहा र डोली किन याद आयो ?

कोहि आफ्नो हुन्न रैछ, पराइको संसारमा !
संगै मिलि रंगिएको होलि' किन याद आयो ?

No comments: