Thursday 4 February, 2010

गज़ल

सुरिलो बोली खिरिलो तन |
आँखामा छड्के धारिलो पन ||

बोलाउँ भने चिनेको छैन !
रुखो पो छ, या मलिलो मन ?

नियाली हेरें लुकेरै पनि
लाजका तिम्रा भरिलो धन

इसारा गरौँ नबुझ्ने हो कि ?
मायामा परें कलिलो झन् |

हिम्मत छैन सामुन्ने पर्न
जल्दैछ, मुटु लौ! दन दन

No comments: