Saturday 6 February, 2010

गज़ल

एक अपुरो कहानी, लेख्नुछ, जिन्दगीमा
दुई मधुरो बिहानी, देख्नुछ, जिन्दगीमा

घाम चढ्नेछ शिरमा, लाग्नेछ, तापै मिठो
तीन मध्यान्ह जवानी, टेक्नुछ, जिन्दगीमा

दिन ढल्नेछ साँझमा, गोधुली, रङ्ग भरी
चार प्रणय सिरानी, सेक्नुछ, जिन्दगीमा

सुर्य छेक्नेछ रातले, अँध्यारो, बढ्छ जब
पाँच सन्तान निशानी, थेग्नुछ, जिन्दगीमा

पूरा हुनेछ दिन यो, उल्लूको, आवाजमा
छ'मा चितैमा यो जुनी, फेक्नुछ, जिन्दगीमा

No comments: