Saturday, 6 March 2010

गज़ल

किन ? यस्तो कुरा हजुर म त सँधै साथैमा छु\\
नियालेर ऐना हेर्नुस गाजलु ति आँखैमा छु \\

चिन्ता हैन आशा बोक्नुस संसार यो जितिन्छ नै,
छाती माथि हात राख्नुस देब्रे पट्टि पाखैमा छु \\

अत्तालिन्छ मन बुझ्नुस आधारमा शंका गरे,
मनैदेखी छामी हेर्नुस रेशमी त्यो काखैमा छु \\

हार हैन जित खोज्नुस जिन्दगीको यात्रा भरि,
पुकारेर बोलाउनुस म त हरेक रातैमा छु \\

टाढा हुँदा यति सोच्नुस फेरी भेट हुने नै छ,
मिलनका गीत सुन्नुस सुरिला ति भाकैमा छु

1 comment:

देशभक्त नेपाली said...

Yo pani jhan ramro lagyo... Keep it up bro,....