Sunday 11 April, 2010

गज़ल

बोल यहाँ सोचेर, मात्र बोलीले सास जानसक्छ
हेर यहाँ घुमेर, एक गोलीले सास जानसक्छ

हिड्नु अघि हेरेर, नत्र ठेसमै काल भेटिएला
सक्नु सबै गरेर, आजै भोलिले सास जानसक्छ

जान्ने कति आएर, गए जानेर मात्र हुन्न बुझ
राखी हाल कसेर, सानो झोलीले सास जानसक्छ

नदि अनि समुन्द्र, पारी पुगेर ढुक्क हुने हैन
हेला गरि नतर, फेरी खोलीले सास जान सक्छ

जुनी तिम्रो अमुल्य, छ है इमान जब सम्म हुन्छ
साँच आफ्नो यौवन, खुल्ला चोलीले सास जान सक्छ

1 comment:

aashu sharma said...

ahaa!!! sundar gazal