Friday 28 May, 2010

गज़ल "अलमल"

अर्कैलाई अंगालोमा, कस्दै माया गर्छु भन्छ्यौ ||
पराइको डोली भित्र, बस्दै माया गर्छु भन्छ्यौ ||

पिरतीको रंग अनि, रुप छुट्टै देखाउँदै,
यो मुटुको हाँगाबाट, खस्दै माया गर्छु भन्छ्यौ ||

कसमले बाँध्यौ कस्तो ?, मिलनको बिपक्षमा,
सम्झनाको मल्हम चैं, घस्दै माया गर्छु भन्छ्यौ ||

मेरो लागी भए पनि, खुसी हुनु भन्दै तिमी,
अन्जानको दल्दलमा, फस्दै माया गर्छु भन्छ्यौ ||

मन अनि मुटु दुख्दा, रुन पनि सक्दिन म !
बिरानो त्यो ढोका खोलि, पस्दै माया गर्छु भन्छ्यौ ||

No comments: