Tuesday 1 June, 2010

गज़ल

हेर्दै थिएँ, चन्द्रमामा, दाग देखें, शंका लाग्यो
नशालु ति, नयनमा, नाग देखें, शंका लाग्यो


भरोशाले, डाँडा काट्छ, जब हुन्छ्यौ, तिमी टाढा,
पिरतीमा, पनि छुट्टै, भाग देखें, शंका लाग्यो


बाटो छेउ, गुलाबको, खुलेको त्यो, सौन्दर्यमा,
वरीपरि, झुम्मिएका, काग देखें, शंका लाग्यो


झुपडीको, छानो भित्र, सजाएको, सपनामा,
जब तिम्रो, अनगिन्ती, माग देखें, शंका लग्यो


तिम्रो साथ, पाएपछि, लाग्थ्यो अब, पूर्ण भएँ,
मायासंगै, स्वार्थरुपी, राग देखें, शंका लग्यो

No comments: