Tuesday 13 July, 2010

गज़ल-९५"भानुको खोजी"

फेरी अर्को भानुभक्त दिने घाँसी खोज्दैछु म
साहित्य र नेपालीपन भेट्ने कासी खोज्दैछु म

सजिलो त्यो रामायण जस्तै अरु काव्य लेख्ने
नेपालीको मुटु छुने शब्दभाषी खोज्दैछु म

गाउँ घर चौतारीमा सुनिएका भानु भाका
उस्तै श्लोक बोकी ल्याउने पूर्ण मासी खोज्दैछु म

मेरो शुद्द भाषा भित्र अनेकानेक भित्रिदैछ
बिशुद्द यो भाषा पार्ने देशबासी खोज्दैछु म

फेरी अर्को भानुभक्त दिने घाँसी खोज्दैछु म
साहित्य र नेपालीपन भेट्ने कासी खोज्दैछु म

No comments: